जनकपुरमा सरकारी गाडी चढेर पुजापाठ गर्न पुग्दा प्रहरीले फर्काए !


टुडेखोज, जनकपुरधाम : जनकपुरमा सरकारी गाडीको दुरुपयोग बढेको छ । प्रशासनले नियन्त्रणमा लिएर कारबाही नचलाउँदा सेतो नम्वर प्लेट भएको सरकारी गाडीको दुरुपयोग बढेको हो ।

शुक्रवार विहान बा. २ झ. ९३८ नम्वरको गाडीमा एक महिला चढेर राजदेवी मन्दिरमा पूजापाठ गर्न जाँदै थिइन् । जनक चोकबाट प्रहरीले गाडीलाई प्रवेश निशेध गरिएको भन्दै फर्काए । तर सरकारी गाडी दुरुपयोग किन गरेको भनेर प्रहरीले न सोधे, न नियन्त्रणमा लिए ।

प्रहरीले फर्काउने इशारा गरेपछि गाडीका चालक पनि हतार हतारमा घुमाएर भानु चोकतीर लागे । एक प्रहरीसँग जिज्ञासा राख्दा उनले सिडिओ साहेवको आदेश नभएकाले नियन्त्रणमा नलिएको बताए ।

गाडी कुन सरकारी गाडी वा मन्त्रालयको हो भन्ने खुल्न सकेका छैन ।

प्रकाशित : २०७७ कार्तिक ७, शुक्रबार १७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ