कोरोनाले नबिल बैंकका पूर्वअध्यक्ष पौड्यालको ज्यान लियो


टुडेखोज, काठमाडौं : कोरोना भाइरसले नबिल बैंकका पूर्वअध्यक्ष शम्भुप्रसाद पौड्यालको ज्यान लिएको छ ।

संक्रमण पुष्टि भएपछि पौड्याललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्य अबस्था विग्रेपछि उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो ।

ह्याम्स अस्पतालमा उपचारकै क्रममा पौड्यालको निधन भएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले पौड्यालको निधनबाट नबिल बैंकले एकजना पिलर गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पौड्याल २०४२ सालदेखि नबिल बैंकका सञ्चालक थिए । उनी राष्ट्रिय बिमा संस्थानको कायर्कारी अध्यक्ष समेत बनेका थिए । 

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ