धरानमा कोरोनाले फेरी एक महिला र एक पुरुषको मृत्यु


टुडेखोज, सुनसरी : कोरोना संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपहानगगरपालिका १६ की ८३ वर्षीया वृद्धाको सोमबार बिहान मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ती वृद्धा उच्च रक्तचापका दीर्घरोगी थिए ।

यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का ६३ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनी मधुमेहका दीर्घरोगी थिए  ।

प्रकाशित : २०७७ कार्तिक १०, सोमबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ