सप्तरीमा मोटरसाइकल दुर्घटना : दुई जनाको ज्यान गयो


टुडेखोज, राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका ८ बेरियरमा आज भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

स १० प ९१३९ नम्बरको मोटरसाइकले मोरङको उर्लाबारीका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कन्चनपुर नगरपालिका ४ का २५ बर्षीय मुकेश सिंह पनि घाइते भएका थिए ।

उनी दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त मोटरसाइकल विहान ११ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाए ।

दुर्घटनामा मृत्यु भएका दुबै जनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।

प्रकाशित : २०७७ कार्तिक १०, सोमबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ