संक्रमण रोक्न लगाएको प्रतिबन्ध विरुद्ध प्रहरीमाथि बम प्रहार


कोरोना भाइरसको संक्रमण रोक्न दोस्रो पटक प्रतिबन्ध लगाइएपछि इटालीका विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ ।

विरोध प्रदर्शन हिंसात्मक बनेको छ । इटालीको मिलान, तुरिन, नेपल्स लगायतका शहरहरुमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रीय संचार माध्यमहरुले जनाएको छ ।

तुरिनमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएको छ भने पसलहरुमा तोडफोड समेत भएको छ । मिलानमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ठूलो मात्रामा अश्रु ग्यास प्रहार गरेको छ।

सरकारले रेष्टुरेन्ट, सिनेमाघर, बार, जिम लगायतका क्षेत्रहरु बन्द गर्न आदेश गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन सुरु भएको हो ।इटाली कोरोना संक्रमणको सुरुवाती चरणमा सबैभन्दा धेरै प्रभावित देशहरु मध्ये एक थियो ।

अहिले इटालीमा संक्रमणको दोस्रो लहर सुरु भएपछि सरकारले विभिन्न क्षेत्रमा प्रतिबन्ध गर्ने घोषणा गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार १०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ