झारफुकको बहानामा पटक पटक बलात्कार गर्ने धामी पक्राउ


टुडेखोज, लहान : उदयपुरकाे त्रियुगा नगरपालिका १० बोक्सेकाे पानीट्यांकी घर भएका एक धामी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

स्थानीय ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठ पक्राउ परेका हुन् । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका श्रेष्ठले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

धामीले आफ्ना गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक ११, मंगलवार २१:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ