कोरोना कहरबीच चुनाव : बिहारमा मतदान शुरू


काठमाडौं : कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ ।

२ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो । पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ । 

जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन् ।  त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव राष्ट्रिय जनता दलबाट मुख्यमन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा नीतीश कुमार नेतृत्वको गठबन्धन एनडीएबाट जनता दलले ३५ सिट, भाजपा २९ र हम- एसले १ सिटका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तै तेजस्वीको गठबन्धनमा राष्ट्रिय जनता दल ४२ सिट, कांग्रेस २१ तथा सीपीआईएमएल आठ सिटका लागि चुनावी प्रतिस्पर्धामा छन् । अन्य पार्टीहरु भने गठबन्धन बिना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित : २०७७ कार्तिक १२, बुधबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ