तास र कौडा खेल्ने २० जना पक्राउ, लाखौं रुपैया बरामद


चितवन : दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकासंग लाखौं रुपैया पनि बरामद भएको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार पक्राउ परेकाहरुको साथबाट २ लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको छ । कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ