देशभर ४ हजार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


काठमाडौं : स्वास्थ्यकर्मी र चिकित्सक नै संक्रमित हुन थालेपछि अस्पताल नै असुरक्षित बन्न थालेको छ । देशभर हालसम्म करिब १२ सयभन्दा बढी स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित भएका हुन् ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर कोरोना संक्रमितको संख्या बढेसंगै फ्रन्टलाइनरहरु पनि संक्रमित हुनेक्रम बढ्दो छ । अस्पतालमा बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी आफै संक्रमित हुन थालेका छन् ।

वीर अस्पतालमा मात्र चिकित्सक र स्वास्थ्यकर्मी गरी दुई सयभन्दा बढी संक्रमित बनेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि हालसम्म करिब ४ सय जना संक्रमित र दुई जनाको मृत्यु भएको छ ।

देशभर ४ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित बनेका छन् । उपत्यकामा मात्र करिब १२ सय स्वास्थ्यकर्मी संक्रमित भैसकेका छन् । काठमाण्डौ उपत्यकामा मात्र हरेक दिन करिब ४० जना चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुने गरेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा हालसम्म ८० जना स्वास्थ्यकर्मीहरु संक्रमति भइसकेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सक र स्वास्थ्यकर्मी गरी हालसम्म ४७ जनामा संक्रमण भएको छ । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि अस्पतालहरुको सेवा नै प्रभावित हुन थालेको छ ।

प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार १०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ