कश्मिरमा बिजेपीका तीन कार्यकर्ताको गोली हानी हत्या


एजेन्सी, कश्मिर : भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी)का तीन कार्यकर्ताको गोली हानी हत्या गरिएको छ ।

बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेगको शंकास्पद चरमपन्थीले हत्या गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

जम्मु-कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक बयान जारी गर्दै घटनाको कडा निन्दा गरेका छन् । उनले हत्यालाई बर्बर बताएका छन् ।

ठाकुरले ईद-एमीलाद-नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए । प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएको छ ।

प्रकाशित : २०७७ कार्तिक १४, शुक्रबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ