सिरहा : बोक्सी भन्दै छोराले नै कुटेपछि घाइते भएकी महिलाको मृत्यु


लहान : बोक्सीको आरोप लगाउंदै छोराले कुटपिट गर्दा घाइते सिराहाको कर्जन्हा नगरपालिका ३ की ७५ वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ ।

मंगलबार दिउँसो कान्छो छोरा रामऔतार साहको कुटपिटबाट घाँटीमा चोट लागि सुदामा गम्भिर घाइते भएकी थिइन् । जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका कारच सुदामालाई जनकपुर पुर्‍याइएको थियो । तर कुटपिटबाट घाँटीको हड्डी मोडिएकोले घर फिर्ता पठाइदिएको थियो ।

घरमै छोरीहरुले सेवा गरेर राखेपनि शनिबार स्वास्थ्य प्रतिकूल भएपछि जिल्ला अस्पताल सिरहा  पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको दिउँसो मृत्यु भयो । आरोपीत रामऔतार अहिले प्रहरी हिरासतमा छन् ।

प्रकाशित : २०७७ कार्तिक १५, शनिबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ