मौसमी फ्लुका विरामीलाई सतर्कता अपनाउन चिकित्सकको आग्रह


काठमाडौं : चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोरोनाका विरामीले भरिएको चिकित्सकहरु बताउँछन् ।

अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन् । मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्छ ।

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको चिकित्सकहरुको धारणा छ ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दिर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढीरहेको भन्दै कोरोनालाई हल्का रुपमा नलिन चिकित्सकहरुको आग्रह छ ।

प्रकाशित : २०७७ कार्तिक १६, आईतवार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ