धबौलीमा क्रिकेट टुर्नामेन्टको तयारी पुरा, भोली उद्घाटन हुने


टुडेखोज, जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ७ धबौली यादव टोलमा मुन्न मेमोरीयल क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ ।

स्थानीय श्रीकृष्ण प्रगतिशिल युवा क्लवको आयोजनामा भोली (कार्तिक १८) गतेबाट क्रिकेट टुर्नामेन्ट हुँदैछ । टुर्नामेन्टको उद्घाटन जनता समाजवादी पार्टीका संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसद शैलेन्द्र यादव र शहिदनगरका मेयर उदय बरबरियाले संयुक्त रुपमा गर्ने बताइएको छ ।

१६ टिम सहभागी हुने टुर्नामेन्टमा प्रथम हुनेलाई २१ हजार ५ सय नगद र दोस्रो हुनेलाई १० हजार ५ सय नगद पुरस्कार प्रदान गरिने आयोजक क्लवका कोषाध्यक्ष जुलुम यादवले बताए । उनका अनुसार प्रथम र दोस्रोलाई ट्रफी समेत दिइनेछ ।

यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिस, बेस्ट बलर तथा ब्याट्स म्यानलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ