नक्कली डीएसपी झा पक्राउ


टुडेखोज, जनकपुरधाम : फोनमार्फत सर्वसाधरणलाई धम्की दिने नक्कली डिएसपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका ६ का बब्लु झा रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका झा महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै आएका थिए । काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले बताए ।

चन्दुलाई बब्लुले आफू महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको भन्दै बब्लु झा नाम गरेको व्यक्तिसँग के लफडा हो, तुरुन्त कालीमाटी वृत्तमा आउनु, नआए कारबाही अगाडि बढाउँछु भनेर धम्की दिने गरेको राठौरको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेका बब्लु झामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिसकेको जनाएको छ  ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ