धनुषाका सिडिओ भट्टराई र प्रदेश साँसद साहमा कोरोना पुष्टि


टुडेखोज, जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रसाद भट्टराई र प्रदेश साँसद प्रमेश्वर साहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिडिओ भट्टराई र जनता समाजवादी पार्टीका प्रदेश साँसद रहेका साहमा कोरोना पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

संक्रमण पुष्टि भएपछि सिडिओ भट्टराई र साँसद साह होम आइसोलेसनमा बसेका छन् । सिडिओ संक्रमित भएको आधिकारिक सुचना जिल्ला प्रशासन कार्यालय धनुषामा अपडेट गरिएको छैन ।

यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७ महिलासहित ६७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ