महोत्तरी : बलात्कार आरोपी वडासचिव कारागार चलान


टुडेखोज, जनकपुरधाम : बलात्कारको आरोपमा पक्राउ परेका महोत्तरीको भङ्गाहा नगरपालिका ९ का वडासचिव मिथिलेश यादव  कारागार चलान भएका छन् ।

सोमबार जिल्ला अदालत महोत्तरीमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । भङ्गाहा ९ कै एक महिलालाई बलात्कार गरेको आरोपमा वडासचिव यादव गत असोज १४ गते पक्राउ परेका थिए ।

मदिरा खाएर मातेका वडासचिव यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्षका लागि उनलाई कारागार पठाएको छ ।

अदालतको आदेशपछि यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार ०८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ