पर्सामा कोरोनाले थप एक पुरुषको मृत्यु


टुडेखोज, वीरगञ्ज : पर्सामा फेरी एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । उनी सोमबार दिउँसो मात्र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले मृत्युपछि ति पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

योसँगै पर्सामा कोरोनाले मृत्यु हुनेको संख्या ४९ पुगेको छ । अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ