महतोको शोकमा साना किसान सहकारी संस्थाको कामकाज बन्द


टुडेखोज, लहान : साना किसान सहकारी संस्था लि. धनगढिमाई १ का संचालक समितिका संस्थापक सदस्य गर्भु महतो शोकमा एक दिन कार्यालयको सम्पूर्ण कामकाज बन्द भएको छ ।

सहकारीको स्थापनाकालदेखि नै संचालक समितिमा रहेका धनगढिमाई नगरपालिका वडा नं. १ निवासी ६५वर्षिय महतोको गएको बुधवार राती १ : ३० बजे आफनै निवासमा निधन भएको हो । महतो किडनी सम्बन्धी समस्याबाट केही वर्षदेखि पीडित रहकोमा पछिल्लो समयमा सुधार भई समान्य जीवन भएको अवस्थामा गएको बुधवार राती अचानक निधन भएको परिवारजनले बताए ।

साना किसान सहकारीले एक प्रभावशाली संचालक गुमाएको भन्दै गत शुक्रवार वसेको संचालक समितिको बैठकबाट शोकप्रस्ताव पारित गर्दै आइतवार कार्यालयको सम्पूर्ण कामकाज बन्द गरीे शोक मनाईएको छ ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ