पूर्वमन्त्री मन्सुरमा कोरोना पुष्टि, हेलिकप्टरबाट काठमाडौं लगियो


टुडेखोज, बारा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरमा कोरोना पुष्टि भएको छ ।

मन्सुरलाई ज्वरो र खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए ।

उनलाई हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए ।

उनका अनुसार पुर्वमन्त्री मन्सुरको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ