स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी, यसरी भर्न सकिन्छ फारम


काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण तिब्र बन्दै गएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयौंको संख्यामा कर्मचारी मागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिनाका लागि १९१ जना कर्मचारी मागेको हो । विभागले देशभर कोरोना सम्बन्धी कन्ट्याक ट्रेसिंगलगायतको कामका लागि कर्मचारी मागेको छ ।

बिहीबार सूचना प्रकाशित गर्दै मन्त्रालयले  कर्मचारी दरखास्त आह्वान गरेको हो । भदौ ३१ गतेको निर्णय अनुसार मन्त्रालयले दरखास्त आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्नका निम्ति कर्मचारी मागेको हो ।

मन्त्रालयले अनलाइनबाट दरखास्त फारम भर्न सकिने जनाएको छ । दरखास्तका लागि  http://dohs.gov.np/ मा फारम उलपब्ध छ ।

मन्त्रालयले १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ । बिहीबारदेखि सात दिनभित्र दरखास्त दिनु पर्नेछ ।

मन्त्रालयले सीआइसीटी सहजकर्ता, अस्पताल बिमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्ता लगायत पदका लागि दरखास्त मागेको छ । 

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार ०८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ