मन्त्री यादवले सिरहामा नेकपाका सयौं नेता कार्यकर्तालाई जसपामा प्रवेश गराए


टुडेखोज, लहान : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सिरहामा सयौं नेकपा नेता तथा कार्यकर्तालाई जनता समाजवादी पार्टीमा प्रवेश गराएका छन् ।

धनगढीमाई नगरपालिका ७ फुलकहाकट्टी बस्ने नेकपाका चर्चित नेता अजित पासवानसहितका २५० नेता कार्यकर्तालाई मन्त्री यादवले जसपामा प्रवेश गराएका हुन् । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका यादवले नव प्रवेशीहरुलाई फुलमाला तथा अविर लगाएर स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तथा पुर्वमन्त्री शत्रुधन सिंह र अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो । पछिल्लो समय मन्त्री यादवले सिरहामा हजारौं अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जसपामा प्रवेश गराएका छन् ।

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार २०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ