कोरोना संक्रमित गजुरेलको अबस्था गम्भीर, आईसीयूमा राखियो


काठमाडौं : कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेललाई आईसीयूमा सारिएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहीबार आईसीयूमा सारिएको हो । अहिले उनलाई रेम्डेसिभिर औषधि सुरु गरिएको चिकित्सकले बताएका छन् ।

कात्तिक १० मा गजुरेलमा कोरोना पुष्टि भएको थियो । सुरुमा होम आइसोलसनमा बसिरहेका उनी बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएका थिए । 

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ