ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने


टुडेखोज, ढल्केवर : धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने भएको छ ।

ढल्केवरस्थित प्रतिभा युवा क्लवको आयोजनामा आगामी कात्तिक २८ गते ढल्केवर चोकमा मगही साहित्य साँझ कार्यक्रम गर्न लागिएको हो । कविता, गजल, गीत, नृत्यलगायतका सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम मगही भाषाको उत्थान, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदैछ । कार्यक्रम साँझ ५ बजेदेखि सुरू हुनेछ ।

कार्यक्रममा आफ्नो प्रस्तुती दिन ईच्छुक कालाकालहरुले कात्तिक २६ गतेभित्र नाम दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी कालाकारहरुलाई स(सम्मान पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ