स्रोत नखुलेको ४० लाख रुपैयाँसहित गुप्ता पक्राउ


टुडेखोज, जनकपुरधाम : काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्ता छन् । शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई पक्राउ गरेको छ ।

बुटवलबाट काठमाडौं जाँदै गरेका लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको छ ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ