जनकपुरको डिके होटलबाट लाखौं रुपैयासहित ८ जुवाडे पक्राउ


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगर ५ स्थित डिके होटलबाट प्रहरीले छापा मारेर ८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवाडेबाट १ लाख ६३ हजार ६६० रुपैया समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर ४ का ४० वर्षीय गणेश साह, वडा ५ का ३७ वर्षीय कैलाश प्रसाद गुप्ता, वडा ४ का ३४ वर्षीय बेचन साह, वडा १ का ३५ वर्षीय संजिप ठाकुर, वडा ५ का ४३ वर्षीय दिलिप मण्डल, वडा २ का ४६ वर्षीय विनय साह, वडा ५ का ४५ वर्षीय वद्री साह र वडा ५ का २४ वर्षीय शिवु मण्डल रहेका छन् ।

शुक्रवार करिब ६ बजे नै उनीहरु पक्राउ परेका थिए । तर आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका दिलिप मण्डल होटल संचालक हुन् । उनले दशैं अगाडीदेखि नै जुवा खुलाउँदै आएका थिए ।

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ