सिरहामा ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाए


टुडेखोज, लहान : सिरहामा ईनारमा कुदेर एक पुरुषले ज्यान गुमाएका छन् । धनगडीमाई नगरपालिका १२ का ४० वर्षीय स्विट बस्नेतले इनारमा कुदेर ज्यान गुमाएका हुन् ।

करिब ९० फिट गहिरो रहेको ईनारमा शुक्रवार राति उनले कुदेका थिए । इनारमै मृत्यु भएको उनको शव शनिवार बाहिर निकालेको छ । मानसिक अवस्था ठिक नभएका कारण उनले इनारमा कुदेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापाले शनिवार नेपाली सेनाको टोलीले बस्नेतको शव इनारबाट बाहिर निकालेको बताएका छन् ।

प्रकाशित : २०७७ कार्तिक २२, शनिबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ