कोभिड-१९ को समयमा प्राविधिक, व्यावसायिक शिक्षा र प्रशिक्षण (TVET) सामाजिक मिडिया अभियान



अनुसन्धान, सूचना डिभिजन, प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) का सूचना अधिकारी अनिल मुनिबज्राचार्य सँगको अन्र्तवार्ता

प्राविधिक तथा व्यावसायिक शिक्षा र प्रशिक्षणका शीर्ष निकायको रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् CTEVT ले विभिन्न सीप मूलक तालिमको आयोजना गरिरहेको छ । कोभिड–१९ को बीच, CTEVT ले TVET सामाजिक संजाल अभियान शुरू गरेको छ । यस्तो अभियान सञ्चालन गर्नुको कारण

के हो र यस अभियानका लक्षित समूहहरू को हुन ?

उत्तर : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरूको विकास, विस्तार, समता मूलक पहुँच, गुणस्तरको प्रत्याभूति, पाठ्यक्रम निर्माण तथा परिमार्जन, स्तर निर्धारण एवं प्रमाणीकरण, प्रशिक्षकहरूको क्षमताअभिवृद्धि, अध्ययन तथा अनुसन्धान,अनुगमन तथा मूल्याड्ढन गर्नुका साथै सरोकारवाला निकायहरू बीच समन्वय गर्दै आएको छ । हाम्रो मुख्य उद्देश्य व्यवसाय–बजारको माग अनुसार सक्षम एवं प्रतिस्पर्धी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु हो ।


परिषद्ले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम र स्वरोजगार एवम् रोजगारीका अवसरको प्रबद्र्धनका लागि “सीप हुन्छ हातमा रोजगारी साथमा” नाराका साथ जन सचेतना अभियानको गत वर्ष माघ २०७६ सालमा थियो । जन सचेतना अभियान युरोपियन युनियनको सहयोगमा व्रिटिश काउन्सिलको दक्षता परियोजना संग मिलेर गरेका हौं ।

चलिरहेको कोभिड–१९ महामारीले जन सचेतना अभियान गतिविधिहरूमा प्रभाव पारेकोले, अभियानलाई सामाजिक संजालको माध्यम फेसबुकमार्फत निरन्तरता दियौं । अनलाइन अभियानको साथले गर्दा हामी केवल लक्षित विद्यार्थीहरू सम्म मात्र पुगेनौं उनीहरूसँग दैनिक प्रत्यक्ष संलग्न हुन पनि सक्षम भयौं ।

यस अभियानका लक्षित समूह कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी, अभिभावक, स्कूल प्रिन्सिपलहरू,रोजगारदाता तथा हाल TVET पढ्ने विद्यार्थीहरू हुन ।

यो अभियानलाई कसरी संचालन गरिरहनु भएको छ ?

हामीले कक्षा ८ देखि १० पढ्ने विद्याथी भाइ वहिनीलाई लछित गरि नियमित पोष्ट,फोटो कथा, क्विज र विभिन्न प्रतियोगिताहरू गर्दै आएका छौं । प्राविधिक तथा व्यावसायिक शिक्षा पढ्नका फाइदा, रोजगारीका अवसर तथा विविध तालिमका सन्देश–सूचनाहरू दिदैं आएका छौं ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र रोजगारीलाई जोड्ने रोजगारदाता तथा प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्राप्त गरि आफ्नै व्यवासय सफल रूपमा संचालन गरिरहेका पूर्व विद्यार्थीहरूका सन्देश मुलक भिडियोहरू पनि समावेश गरेका छौं ।

यो अभियानको सफलताको मापन के हुन् ?

हामीलाई गर्व लाग्छ कि, गएको ४ महिनामा ८०,००० भन्दा बढी सामाजिक संजालका प्रयोगकर्ताहरू ऋत्भ्ख्त् को फेसबुक पेज सगं गासिंएका छन् । विद्यार्थी भाइ वहिनीका हाम्रो फेसबुक पेजमा आउर्ने िनयमित प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी जिज्ञासाहरू यस अभियानको अर्को सफलताको मापन हो ।

त्यस्तै गरि हाल प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम अध्यनरत विद्यार्थीहरूले किनआफुले व्यावसायिक शिक्षा रोेजेन भनेर स्वफुर्त हामीसगं ऋत्भ्ख्त् को फेसबुकमा सकारात्मक प्रतिक्रिया दिदैं सहयोग गरिरहेका छन् ।

यो अभियानको यस निरन्तरता कसरी हुन्छ त ?

हामीले नेपालका तीन बेल्टहरूः टीकापुर, पोखरा र जनकपुरका ऋत्भ्ख्त् को आफ्नै प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम शिक्षालयमार्पmत यो डिजिटल सोसल अभियान पाइलट प्रोजेक्टको रुपमा सुरु गर्यौं, अव विस्तारै देशभर फैलिएका अन्य प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम शिक्षालय मार्फत सक्रिय हुंदै जान्छौ ।

प्राविधिक तथा व्यावसायिक तालिम थप जानकारी सूचनाको लागि सम्बन्धित वेबपेज www.ctevt.org.np/tvetpic मा आवद्द हुनुहोस् ।

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ