कैलास महतोद्वारा ‘स्वाधीन मधेस जनअभियान’को उद्घोष, को-को छन् अभियानमा ?


जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका प्रभावशाली नेता कैलास महतोले ‘स्वाधीन मधेस जनअभियान’को उद्घोष गरेका छन् ।

जनकपुरमा आज पत्रकार सम्मेलन गरी नेता महतोले जनअभियानको उद्घोष गरेका हुन् । अलग मधेस देशका लागि संघर्ष गर्दा पटक पटक मुद्दा झेलेका उनले अब नेपालभित्रै स्वतन्त्रता खोजिने बताएका छन् ।

‘स्वतन्त्रता भनेको भुमिको स्वतन्त्रता होइन्’, उनले भने, ‘मधेसी जनतामाथि राज्यद्वारा लादिएको दोहन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुरुचार र अनियमितताबाट हुने पुर्ण मुक्ति नै स्वतन्त्रता हो । मधेसले चाहेको सोही मुक्ति र स्वतन्त्रतालाई मधेसी जनताले स्वाधीनता मानेको छ ।’

‘स्वाधिन मधेस जनअभियान’ एक स्वतन्त्र राजनीतिक अभियान भएको भन्दै यसले राष्ट्र (जनता) मुक्तिको वकालत गर्ने बताए । उनले भने, ‘यो अभियान एक बोद्धिक, बैचारिक र भौतिक आन्दोलन पनि हो ।’ मधेससँग राज्यले विभिन्न समयमा गरेको सम्झौताको कार्यान्वयण र मधेसका लागि गद्दार गरेकाहरुको भण्डाफोर यो अभियानले गर्ने उनको भनाई छ ।

संयोजक महतोले काठमाडौं र मधेसबीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने सहितका ५० बुँदे राजनीतिक अवधारणा समेत सार्वजनिक गरेका हुन् । मधेसको जल, जंगल र जमीनको रक्षा तथा पर्यावरणको सुरक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।

राजनीतिक अवधारणामा राजनीतिकर्मीका लागि उमेर हदको सिमा लागु गर्नुपर्ने, देश वैदेशिक ऋण मुक्त हुनुपर्ने, कृषिको व्यावसायिकरण तथा हरेक घरमा कम्तिमा एक जनालाई रोजगारको व्यवस्था गर्नुपर्ने सहितमा मुद्दा समेटिएको छ ।

अभियानको केन्द्रीय कमिटि यस्ता छन् :

– रमेश सिंह, महोत्तरी
– संजय कुमार साह, पर्सा
– सतिला यादव, सिरहा
– ध्रुव प्रसाद कहार (गौंड), नवलपरासी
– महेन्द्र प्रसाद चौधरी, कैलाली
– हकिकुल्लाह मुसलमान, कपिलवस्तु
– दिनेश प्रसाद यादव,बारा
– देवकान्त सिंह, सिरहा
– सुजित कुशवाहा, बारा
– अनवर खान, बांके
– जगरनाथ साहनी, रुपन्देही
– प्रवीण महतो, मोरंग, और
– नारद मुनि मण्डल, सप्तरी

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ