सिरहामा राज्यमन्त्री मण्डलद्वारा डोम समुदायको घर शिलान्यास


संजय महरा, सिरहा : सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’का ५८ डोम परिवारको पक्की घर बन्न सुरु भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत उनीहरुको घर पक्की बन्न लागेको हो ।

आईतवार एक समारोहबीच कल्याणपुर नगरपालिका ३ मा प्रदेश २ उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले डोम समुदायको घरको शिलान्यास गरे । सिरहा जिल्लाभरमा ४१० दलित परिवारको घर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुने राज्यमन्त्री मण्डलले जानकारी दिए ।

उनले मधेसको सबभन्दा तल्लो पिंधमा जीवन व्यतीत गरिरहेको र सामाजिक बिभेद छुवाछुत तथा चरम आर्थिक संकट खेपिरहेका डोम (मल्लिक) समुदायको पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।

‘प्राविधिक रुपले दक्ष जनशक्तिको रुपमा रहेको डोम समुदायका लागि गाँस र कपास व्यवस्थापन गर्न त्यति कठिन नभए पनि बास (सेल्टर)को प्रबन्ध गाह्रो हुँदै आएको थियो’, राज्यमन्त्री मण्डलले भने, ‘अब यस समुदायको गाँस, बाँस र कपासको समस्या केही हदसम्म भुएपनि समाधान हुनेछ ।’

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ