ट्याक्टर पल्टिदा १२ वर्षीय बालक यादवको घटनास्थलमै मृत्यु


टुडेखोज, पर्सा : वीरगञ्ज महानगरपालिका २७ जसौलीमा लु. ३ त. ६४६ नम्बरको ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षका बालक विवेक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक ट्याक्टरमा सवार थिए । साँघुरो पुल भएका कारण दुर्घटना भएको बताइएको छ ।

बालकको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका छन् । उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ