सिरहाका एक कोरोना संक्रमित पुरुषको विराटनगरमा ज्यान गयो


टुडेखोज, लहान : सिरहामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका १ का ६५ वर्षी पुरुष रहेका छन् ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ति पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । योसँगै सिरहामा कोरोनाले ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश २ मा १८१ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ