जेएमसी कलेज : आमरण अनसन बसेका कर्मचारीको अवस्था गम्भीर बन्दै


टुडेखोज, जनकपुरधाम : सञ्चय कोष, दशैं भत्ता र तलब माग्दै आमरण अनसन बसेका जानकी मेडिकल कलेजका कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साहको स्वास्थ्य अवस्था विग्रिन थालेको छ ।

कर्मचारीद्वय यादव र साह आमरन अनसन बसेको ९ दिन वितेको छ । तर कर्मचारीहरुको माग पुरा गर्न कलेज व्यवस्थापन पक्ष तयार छैन । अनसन बसेको ९ दिन वितेपछि उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बनेपनि सम्बन्धित निकाय मौन बसेका छन् ।

सोमवार अनसनरत कर्मचारीको जीवन रक्षाका लागि स्थानीय गणेश युवा क्लबले प्रदर्शन गरेको छ । उनीहरुले कर्मचारीको जायज माग पुरा गर्नुपर्ने नारा लगाए । कर्मचारीमाथि कलेजले श्रम शोषण गरेपछि प्रदर्शन गरेको क्वले जनाएको छ ।

कलेजले विगत लामो समयदेखि कर्मचारीको दशैं भत्ता, सञ्चय कोष र नियमित तलब खुवाएका छैन । जसका कारण कर्मचारीहरु पटक पटक आन्दोलन गर्दा पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धनुषामा माग पुरा गर्ने कलेज व्यवस्थापन पक्षले सम्झौता गरेको थियो ।

तर सम्झौता कार्यान्वयण नगर्दा कर्मचारीद्वय साह र यादव आमरण अनसन सुरु गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ