सोनिगामामा मन्दिरको शिलान्यास, पोखरभिन्डामा सामुदायिक भवनको उद्घाटन


टुडेखोज, जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ६ सोनिगामा चोकमा मन्दिर र औरही गाउँपालिका ६ चक्कर पोखरभिन्डा टोलमा सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

सोनिगामा चौकमा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरिया र हँसपुरका मेयर रामज्ञान मण्डलले संयुक्त रुपमा माता सन्तोषी मन्दिरको शिलान्यास गरेका छन् । हिन्दु धर्मअनुसार पुजापाठ गरी मन्दिरको शिलान्यास गरिएको छ ।

साँसद अरगरियाले निर्वाचन क्षेत्र विकास कार्यक्रम र हँसपुर नगरपालिकाको बजेटले मन्दिर निर्माण गरिने जसपा नेता विनोद रोहिताले जानकारी दिए ।

यस्तै औरही गाउँपालिका ६ स्थित चक्कर पोखरभिण्डा टोलमा साँसद अरगरियाले सामुदायिक भवनको उद्घाटन गरेका छन् । भवन साँसद अरगरियाको संसदीय कोषको ११ लाखको लागतमा निर्माण गरिएको छ ।

भवन उद्घाटन समारोहमा जसपाका केन्द्रीय सदस्य संजय चौधरी, जसपा औरही गाउपालिका अध्यक्ष कमलदेव मण्डल, हसपुर नगरपालिका मेयर रामज्ञान मण्डल लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ