फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता डाक्टर झा काभ्रेमा भेटिए


काठमाडौं : फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका डेन्टल सर्जन डाक्टर दिगाम्बर झा काभ्रेमा सशुकल फेला परेको प्रहरीले जनाएको छ ।

मगंलबार बिहान डा. झा फेसबुकमा आफ्नो पीडा पोख्दै सुसाइड नोट पोस्ट गरेका थिए । सुसाइड नोटकै आधारमा उनलाई प्रहरीले खोज्न सुरु गरे । सोक्रममा उनी काभ्रेमा सशुकल फेला परेका हुन् ।

‘गाडी रोकेर बाटोमा उभिएको अवस्थामा काभ्रेको पच्पन्नकिलो भन्ने ठाउँमा डा. झा भेटिनुभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारा थापाले जानकारी दिए । प्रहरीका अनुसार डा. झा भक्तपुरमा सिटी डेन्टल हस्पिटल सञ्चालन गर्दै आएका थिए ।

पारिवारिक समस्याका कारण आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमा उनले उल्लेख गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ