जनकपुर आएर उपेन्द्र यादवले भने- संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदैछ


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन् ।

जसपा निकट युवा संघले आज जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने चेष्टा गरेको उल्लेख गरे ।

मुलुक कोरोना महामारीको संकट झेली रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्ने सरकार त्यस बाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको बताए ।

जनताको जिउ धनको सुरक्षा गर्न नसक्ने सरकारको आवश्यकता नरहेको उल्लेख गर्दै उनले आफु हरु सरकार विरुद्ध सबै मोर्चामा लडने उल्लेख गरे ।

आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन भएको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षित र सक्षम युवाहरुलाई नेतृत्व गर्ने समय आइसकेको दावी गरे ।

उनले विश्वको हरेक परिवर्तनको नेतृत्व युवाहरुले नै गरेको उल्लेख गरे । मुलुकको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडी बढन उनले आग्रह समेत गरे ।

समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ