जसपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष गौतमको निधन


तनहुँ : पूर्व भूमिसुधार मन्त्री तथा जनता समाजवादी पार्टीकाे केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको ७२ वर्षको उमेर निधन भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका १ पिप्ले निवासी गौतमको आफ्नै घरमा आज बिहान निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो ।

उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका १ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनका योद्धा गौतमको निधनले सिङ्‍गाे तनहुँवासीलाई स्तब्ध बनाएको उनले बताए ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ता जुटेका छन् । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् । रासस

प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ