दु:खद् खबर : नेपालमै बस दुर्घटनामा ९ जनाको मृत्यु, ३४ घाइते


बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

बिहिवार मध्यरातमा सानो घुम्तीबाट बस ६ सय मिटर तल खसको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दुर्घटनामा ३४ जना घाइते भएको प्रहरीले जनाए ।

घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पतालमा लगिएको छ । त्यहां उपचार भइरहेको छ । गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार ०६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ