जनकपुर : कार नालामा खस्यो, चालक शर्माको मृत्यु


टुडेखोज, जनपकपुरधाम : जनकपुरधामको मुजेलियामा कार पुलबाट नालामा खस्दा चालकको मृत्यु भएको छ ।

धनुषाधामबाट जनकपुर जाने क्रममा बा २० प ६८३१ नम्बरको कार शुक्रवार विहान नालामा खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम नगरपालिका १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको छ ।

कार प्राविधिक गडबडीले मोड्न नसकेपछि पुलबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मृतक शर्माको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ