सप्तरीमा भर्खर जन्मिएको शिशु खोलामा फालिएको अवस्थामा भेटियो


टुडेखोज, राजविराज : सप्तरीको बोदे बर्साईन नगरपालिका ५ मा शुक्रबार नवजात शिशु फेला परेको छ ।

खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको सप्तरी प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् ।

शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले जानकारी दिए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ ।

स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी कार्यालय बोदे बर्साईनको टोली घट्नास्थलमा पुगी शिशुलाई उद्धार गरिएको छ  ।

शिशुलाई कसले फालेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ