सप्तरीमा महिलालाई बलात्कार गरेको आरोपमा राम पक्राउ


राजविराज : एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ४ का सोविन्द्र राम रहेका छन् । ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा उजुरीको आधारमा रामलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

२० कात्तिकमा शौचालय गर्न निस्किएका बेला आरोपितले बाँस झ्याङमा लगेर महिलालाई बलात्कार गरेको बताइएको छ ।

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ