जनकपुर रेलमार्गको लिकमा रहेको ‘क्लिप’ चाेरी हुन थाल्याे


काठमाण्डाै : निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर-कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन । धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ ।

तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् । रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ ।

एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुन सक्ने स्थानीयको भनाइ छ ।

दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चार वटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ ।

– उज्यालो अनलाइन्

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ