जनकपुर : घरमै बसेकी महिला साहमाथि एसिड प्रहार, अस्पताल भर्ना


जनकपुरधाम : जनकपुरमा एक महिलामाथि एसिड प्रहार गरिएको छ । जनकपुरधाम उपमहानगर २३ रुपैठाकी आरती साहमाथि एसिड प्रहार भएको हो ।

साह जनकपुरधाम उपमहानगर ७ स्थित माइतमा बस्दै आएकी थिइन् । घरमै बसेको बेला साहमाथि एक युवकले एसिड प्रहार गरी फरार भएका छन् ।

एसिड कसले र किन प्रहार गरेको कुरा खुल्न सकेका छैन । अहिले उनलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थकेयरमा लगिएको छ ।

प्रकाशित : २०७७ कार्तिक २९, शनिबार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ