एसपीको खास मान्छे हुँ भन्दै रकम असुल्ने गुप्ता पक्राउ


टुडेखोज, सुनसरी : एसपी कमल थापाको खास मान्छे हुँ भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विकास भनिने विक्रम गुप्ता रहेका छन् । आफुलाई एसपीको खास मान्छे बताउँदै ठूला मुद्दा मात्रै हेर्ने गरेको भनेर रकम असुली गरेको आरोपमा गुप्तालाई पक्राउ गरिएको सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

गुप्ताले एसपीको मान्छे भन्दै रकम असुली गरिरहेको गुनासो प्रहरीमा पुगेको थियो । स्रोतका अनुसार उनी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँका व्यवसायीबाट रकम असुलेका छन् ।

पक्राउ परेपछि गुप्तामाथि अनुसन्धानका सुरु गरिएको डीएसपी कार्कीले बताए । उनले भने, ‘रकम केहि ठाउँबाट असुलेको स्वीकार गरिसकेका छन् । तर थप कुराहरु खुल्न बाँकी छ । अहिले अनुसन्धान हुँदैछ ।’

प्रकाशित : २०७७ कार्तिक ३०, आईतवार ११:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ