वामदेवलाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव, वामदेवले के भने ?


टुडेखोज, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

आईतवार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन् । ओलीले गौतमलाई सरकारमा आउन र प्रथम उपप्रधानमन्त्री बन्न आग्रह गरेका गौतम निकट स्रोतले जनाएको छ । तर गौतमले आफू अहिले सरकारमा नआउने ठाडो जवाफ ओलीलाई दिए ।

छलफलका क्रममा गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको बताएका छन् । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले भने, ‘ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने उपाध्यक्ष गौतमको भनाई छ ।’

उनका अनुसार गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी समेत दिएका छन् । पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्षले सचिवालय बैठकमा ओलीविरुद्ध आरोप लाएपछि नेकपामा हलचल मच्चिएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३०, आईतवार १४:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ