विहार : सातौं पटक मुख्यमन्त्री बन्दै नीतिश, भोली शपथ लिँदै


टुडेखोज, जनकपुरधाम : भारतको विहारमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)को विधायक दलको नेतामा नीतिश कुमार आज चयन भएका छन् ।

एनडिएको बैठकबाट नीतिश कुमार सर्वसम्मत रूपमा विधायक दलको नेता चयन भएका हुन् । विधायक दलको नेतामा चुनिएसँगै उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

सोमबार दिउँसो साढे ४ बजे शपथ ग्रहण समारोह आयोजना हुने बताइएको छ । विधायक दलको नेतामा चयन भएको पत्र नीतिश कुमारले आजै राज्यपाललाई दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

राज्यपालले पत्र बुझ्दै मुख्यमन्त्रीमा मनोनित गर्ने तयारी गरेका छन् । सोमबार सपथ ग्रहण हुने भनिएपनि को–को मन्त्री बन्दैछन् भन्ने चाहिँ अहिलेसम्म टुंगिएको छैन ।

‘अब मन्त्रीको टुंगो लगाउन छलफल हुन्छ,’ राज्यपालसँगको भेटपछि बाहिरिने क्रममा नीतिश कुमारले पत्रकारहरूसँग भनेका छन् ।

कुल २४३ सिट भएको विहार विधानसभामा एनडिएले १२५ सिट जितेको छ ।

चुनाव अगाडी मुख्यमन्त्रीका लागि अहिले जेलमा रहेका विहारका पुर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वीको व्यापक चर्चा भएको थियो । तर उनको जेडियुले बहुमत ल्याउन सकेन ।

प्रकाशित : २०७७ कार्तिक ३०, आईतवार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ