प्रदेश २ : दियोबाट आगलागी, जलेर १५ वर्षीया बालिका साहको मृत्यु


पर्सा : घरमा बालिएको दियोबाट आगलागी हुँदा पर्सामा एक बालिकाको मृत्यु भएको छ ।

शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका ८ रामनगरीका मनबोध साहकी १५ वर्षिया छोरी मनाकुमारी साहको मृत्यु भएको हो ।

लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियो । आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएको प्रहरीको भनाई छ ।

आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ । करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३०, आईतवार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ