मधेसमा भाई–बहिनीबीचको स्नेह दर्शाउने ‘भरदुतिया’ पर्व मनाइँदै


टुडेखोज, जनकपुरधाम : मधेसका देहातमा आज ‘भरदुतिया’ पर्व उल्लासका साथ मनाइदैछ । मधेसमा तिहारको अन्तिम दिन भरदुतिया (भातृद्वितीया) मनाईन्छ ।

पहिलो दिन दियाबाती ९दीपावली०, दोस्रो दिन हुराहुरी मनाइएको थियो । तेस्रो दिन भरदुतिया मधेसभरी उल्लासपूर्वक मनाइदैछ । यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मधेसी समाजमा मनाइदै आइएको छ ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसी समाजमा कायमै छ ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत ९निमन्त्रण दिनु० भनिन्छ ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ ।

प्रकाशित : २०७७ मंसिर १, सोमबार ०९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ