धारिलो हतियारले छिमेकीको हत्या गर्ने पासवान पक्राउ


टुडेखोज, सर्लाही : धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका ६ खुटौनाका ३६ वर्षीय बिनोद पासवान रहेका छन् ।

छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग बिनोमाथि लागेको छ । अजयको हत्या गरेको खबर पाएलगत्तै प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले आईतवार बिनोदलाई पक्राउ गरेको बताइएको छ ।

घटना विषयमा पक्राउ परेका बिनोदसँग अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १, सोमबार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ