राजाबाट समाजसेवा सम्मान प्राप्त गरेका रेडक्रसका पूर्व अध्यक्ष शर्माको निधन


काठमाडौं : अग्रज समाजसेवी, नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको मंगलबार निधन भएको छ ।

कोभिडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण मंगलबार बिहान उनको ग्राण्डी अस्पतालमा निधन भएको हो ।९३ वर्षीय शर्माको मृत्युले सामाजिक सेवा क्षेत्रले एक अगुवा गुमाएको छ ।

उनले स्पेनका राजाबाट समाजसेवा सम्मान प्राप्त गरेको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सोसाइटीको तर्फबाट अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्बर अर्यालले स्व शर्माको पार्थिव शरीरमा रेडक्रसको झण्डा र पुष्पगुच्छा अर्पण गरेको थियो ।

शर्माका तीन छोरा र दुई छोरी छन् ।

प्रकाशित : २०७७ मंसिर २, मंगलवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ