मन्त्री साहद्वारा ५० वेडको ‘भारदह अस्पताल’ शिलान्यास


टुडेखोज, राजविराज : प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको ‘भारदह अस्पताल’ भवनको बुधवार एक समारोहबीच शिलान्यास गरिएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालको शिलान्यास गरेका हुन् । ५० वेडको उक्त अस्पताल मन्त्रालयको २ करोडको लागतमा वन्न लागेको छ । ईमर्जेन्सी तथा ल्याव भवनको ठेक्का धन्धा कन्स्ट्रक्सनले १ वर्षभित्रै समपन्न गर्ने गरि पाएको हो ।

मन्त्री साहले अस्पताललाई सुविधा सम्पन्न बनाउने बताएका छन् । शिलान्यास समारोहमा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, कंचनरुप नपा प्रमुख वसन्त कुमार मिश्र, तिरहुत गापा अध्यक्ष हेमन्त कुमार वहरखेर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ